onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

उच्च अदालत पाटनले सजाय सुनाएका प्रतिबादी गुलरियाबाट पक्राउ

Sambad ADD long

बर्दिया : बैंकिङ्ग कसुर मुद्दामा उच्च उदालत पाटनले सजाय तोकेका फरार प्रतिबादीलाई ७ महिना पछि जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ बस्ने ईदु साईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिबादी ईदु साईलाई उच्च अदालत पाटनको २०७९ साल बैशाख ४ गते बैंकिङ्ग कसुर मुद्दामा ४ लाख ९० हजार १००र रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना रकम तोकिए पछि फरार भएका साईलाई जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कात्तिक २२ गते मंगलबार लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरेको हो ।

फरार रहेका साईलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा जरिवाना वापतको रकम तिर्न नसके पछि अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.