फरार प्रतिवादी ६ वर्ष पछि गुलरियाबाट पक्राउ

बर्दिया : ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति ६ वर्ष पछि पक्राउ परेका छन् । फरार रहेका गुलरिया नगरपालिका–१, बस्ने रुपलाल देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कात्तिक १८ गते शुक्रबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फरार प्रतिबादी रुपलाल देवकोटालाई पक्राउ गरेको हो । २०७३ असोज ६ गते जिल्ला अदालत बर्दियाले ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सँजाय र एक लाख रुपैयाँ जरिवाना तोकेकोमा देबकोटा फरार भएका थिए ।

फरार रहेका रुपलाल देवकोटालाई नियन्त्रणमा लिएर कात्तिक २० गते जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Loading...