
बर्दिया : चोरी मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–२, बस्ने योगेन्द्र ज्ञवालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले कातिक १४ गते फरार प्रतिवादी ज्ञवालीलाई घरमा नै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला अदालत बर्दियाले २०७८ साल मंसिर १ गते नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रतिवादी फरार भएका थिए ।
फरार रहेका योगेन्द्र ज्ञवालीलाई नियन्त्रणमा लिएर कात्तिक १५ गते जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।