अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी बारबर्दियाबाट पक्राउ

बर्दिया : जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति ४ वर्ष पछि पक्राउ परेका छन् । फरार रहेका बारबर्दिया नगरपालिका–६, बस्ने प्रेमलाल थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले कात्तिक १६ गते बुधबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फरार प्रतिबादी प्रेमलाल थारुलाई पक्राउ गरेको हो । २०७५ असार १३ गते जिल्ला अदालत बर्दियाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय तोकेकोमा थारु फरार भएका थिए ।

फरार रहेका प्रेमलाल थारुलाई नियन्त्रणमा लिएर कात्तिक १६ गते जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Loading...