खेलाडीलाई प्रोत्साहन स्वरुप नगद सहित प्रमाणपत्र

Sambad ADD long

भुरीगाउँ, बर्दिया : कात्तिक ४ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट प्रतिनीधित्व गर्दै ठाकुरबाबा नगरपालिकालाई पदक दिलाउन सफल खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मान गर्ने जनाएको छ ।

२०७९ असोज २८ गतेदेखि कात्तिक ४ गते सम्म पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन भएको थियो । खो–खो, एथ्लेटिक्स, कवड्डी, रिलेदौड लगायतका खेलमा ठाकुरबाबा नगरपालिकाका खेलाडीले स्वर्ण, रजत र कास्य पदक जित्न सफल भएका थिए । खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको नगरप्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो ।

स्वर्ण पदक एकललाई नगद २५ हजार र प्रमाणपत्र, स्वर्ण पदक सामुहिकलाई जनही १५ हजार सहित प्रमाणपत्र, रजत पदक एकललाई २० हजार सहित प्रमाणपत्र, रजत पदक सामुहिकलाई जनही १० हजार सहित प्रमाणपत्र र कास्य पदक एकललाई १५ हजार सहित प्रमाणपत्र तथा कास्य पदक सामुहिक तर्फका विजेता खेलाडीलाई ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.