onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

Sambad ADD long

काठमाण्डौ : कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हिजो बेलुका बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको ज्यान गएको हो ।

घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको पनि ज्यान गएको छ । सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको उपचारका क्रममा भैरहवामा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा गोविन्द सुवेदी, प्रेम मल्ल, कुलबहादुर घर्ती र सागर पाण्डे घाइते भएका सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताउनु भयो । घाइतेको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.