onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको दशगजा क्षेत्रबाट ब्राउन सुगर सहित सुर्खेतका एक जना पक्राउ

Sambad ADD long

बर्दिया : बढैयाताल गाउँपालिका–२, फुटाहाबाट लागुऔषध (ब्राउन सुगर) सहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले कार्तिक १ गते दिउँसो ३ः४५ बजे सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका–११ बस्ने मोहम्मद अर्मान बक्सलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मोहम्मद अर्मान बक्सलाई शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा फेला पारी खानतलासी लिने क्रममा निजको साथबाट ५ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर संगै ट्रामाडोल ट्याबलेट ५ थान र नगद ७ हजार ५०० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ परेकाको विरुद्धमा कार्तिक २ गते लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

पछिल्लो समय बर्दियामा ब्राउन सुगरको कारोबारमा बृद्दि भएको छ । पछिल्लो केहि समयको घटनाक्रमलाई हेर्दा कारोबारीहरुले बढैयाताल गाउँपालिका–२ को दशगजा क्षेत्रलाई लागुऔषध भित्र्याउन प्रयोग गर्ने गरेको देखिएको छ ।

Leave A Reply

Your email address will not be published.