
बर्दिया : कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतले २०७७ भदौ ३० गते कर्तब्य ज्यान मुद्दामा १ वर्ष ५ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेकोमा अभियुक्त फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय, पाताभारबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा असोज २९ गते राती गेरुवा गाउँपालिका–६, बस्ने अरुण चौधरीलाई उनकै गाउँबाट पक्राउ गरेको हो ।
फरार रहेका चौधरीलाई नियन्त्रणमा लिएरअसोज ३० गते जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।