बर्दिया : जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति ६ वर्ष पछि पक्राउ परेका छन् । मधुवन नगरपालिका–३, बस्ने भिख्खु थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी धनौराबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २९ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा अभियुक्त भिख्खु थारुलाई पक्राउ गरेको हो । २०७३ वैशाख ५ गते जिल्ला अदालत बर्दियाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकेकोमा अभियुक्त फरार भएका थिए ।
फरार रहेका थारुलाई नियन्त्रणमा लिएरअसोज ३० गते जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।