
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ र ६ मा महिलाहरुलाई मर्यादा सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा र जिल्ला शाखा बर्दियाको समन्वय तथा यूएनएफपीएको सहयोगमा मर्यादा सामाग्री वितरण गरिएको हो ।
मर्यादा सामाग्री ठाकुरबाबा नगरपालिकाका विभिन्न वडा गरी ८ सय ९१ घरधुरीमा यो किट्स वितरण गर्ने नगरपालिकाले जनाएको छ । “विपदमा पर्दा जहिले महिलाको मर्यादा पहिले” नारा सहित वितरण गर्न लागिएको मर्यादा सामाग्री विपद्को अवस्थामा संरक्षण विषयगत क्षेत्रको संयोजक, सहसंयोजक (यूएनएफपीए) र यस क्षेत्रका सदस्यहरुले महिला तथा किशोरीहरुको प्रजनन् स्वास्थ्य आवश्यकता पूरा गर्न तथा उनीहरुको संरक्षण गर्न विभिन्न कार्य गर्दै आएको छ ।
त्यसमध्ये प्रभावित महिला तथा किशोरीहरुको आत्मसम्मान पुनःस्थापित गराउन राष्ट्रिय संरक्षण विषयगत क्षेत्रले निर्धारण गरे बमोजिम डिग्निटी किटहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा शाखाका सभापती यज्ञ प्रसाद नेपालले जानकारी दिनुभयो ।
किशोरी तथा महिलाहरुलाई घर बाहिर वा घर भित्र कुनै पनि ठाउँमा काम गर्न सहज पुराउने उद्धेश्यले म्याक्सी, चोलो, सारी धोती, टर्च लाइट, गम्छा, काइयो, कपडा धुने र नहाउने साबुन, रबरको चप्पल, ओड्ने पछ्यौरा, र सेनीटाइजर, माक्स लगायतका सामान वितरण गरिएको छ ।