onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा गौतम कांग्रेसका आधिकारिक उम्मेदवार

Sambad ADD long

बर्दिया : प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजय कुमार गौतम आधिकारिक उम्मेदवार बन्नुभएको छ । बर्दियामा एउटै पार्टीबाट दुई जना उम्मेदवारको मनोनयन दर्ता सम्बन्धमा विवाद चुलिएपछि नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराउनु भएका बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकास सिंह राठौरले गौतमको मनोनय खारेजीको लागि दिएको उजुरी उपर छानविन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य न्यायाधिश कैलास प्रसाद सुवेदीको निर्णयले गौतमलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को उपदफा ९ अनुसार राजनीतिक दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी ब्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोनयन पत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने ब्यक्तीको मनोनयन कायम हुने ब्यवस्था रहेको क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । नेपाली कांग्रेस दलबाट केन्द्रिय सभापतिको सहीछाप भएको औपचारिक मनोनयन पत्र दुवै उम्मेदवारको नाममा जारी भएको देखिन्छ ।

मनोनयन दर्ताकोे दिन आयोगको केन्द्रिय कार्यालयबाट प्राप्त भएको ईमेलमा दुवै उम्मेदवारको मनोनयन पत्रको औपचारिक पत्र र अरुण प्रकास सिंह राठौरको प्रतिलिपि प्राप्त भएको छ । निर्वाचन आयोगमा दर्ता नम्बर ५४ मा आफ्नो कागजात दर्ता भएकोले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने भनी राठौरको उजुरी परेकोले निर्वाचन आयोगका सम्बद्ध पदाधिकारी तथा अधिकारीसंग परामर्श गरी निर्वाचन आयोगमा भएको उक्त दर्ता मनोनयन पत्र दर्ता नभई दलको उम्मेदवारको मनोनयनको औपचारिक पत्र र प्रतिनिधि मुकरर पत्र अभिलेख प्रयोजनका लागि मात्र भएको देखिन्छ ।

बरालले भने सो कागजात सम्वन्धित निर्वाचन कार्यालयमा प्रेषण गर्नको लागि माध्यम मात्र भएको भन्ने बुझिन्छ । यस कार्यालयमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको कागजको दर्ता कितावमा दर्ता नम्बर ६ मा संजय कुमार गौतमको उम्मेदवारी र दर्ता नम्बर ७ मा अरुण प्रकास सिंह राठौरको उम्मेदवारी दर्ता भएको देखिन्छ । सोही अनुसार कम्प्युटर प्रविष्टि गर्दा संजय कुमार गौतमको नाम प्रविष्ट भएको र अरुण प्रकास सिंह राठौरको प्रतिनिधिको उपस्थितीमा कम्प्युटर प्रविष्ट गर्दा सम्बन्धीत दलको उम्मेदवारको नाम प्रविष्टि भैसकेको भनी अरुण प्रकास सिंहको नाम कम्प्युटर सिस्टमले स्विकार गरेन ।

उहाँले थप्नुभयो निर्वाचन आयोगमा अरुण प्रकास सिंह राठौरको मनोनयन पत्र दर्ता नभएको यस कार्यालयको प्रतिनिधिसभा सदस्य निर्वाचनको कागजको मनोनयन पत्र दर्ता कितावमा क्रम संख्या ६ मा संजय कुमार गौतमको मनोनयन पत्र दर्ता भएको र अरुण प्रकास सिंह राठौरको मनोनयन पत्र क्रम संख्या ७ मा दर्ता भएको र राठौरको मनोनयन कम्प्युटर सिस्टमले स्विकार नगरेकोले प्रतिनिधिसभा तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को उपदफा ९ वमोजिम संजय कुमार गौतमको मनोनयन पत्र पहिले दर्ता भएकोले संजय कुमार गौतमको नाम नेपाली कांग्रेस दलको सुचिबाट हटाई अरुण प्रकास सिंहको नाम सूचिमा प्रकाशित गरीपाउँ भन्ने दाबी पुग्न सक्दैन भनी मुख्य निर्वाचन अधिकृतको निर्णय छ । साभार : यादब आचार्य/अन्नपूर्ण

Leave A Reply

Your email address will not be published.