बर्दिया : बर्दियामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ । बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा विनय रावलले उम्मेदवारी दर्ता गर्नु भएको छ । यसैगरी प्रदेशसभा २ (क) मा कन्हैया थारु र प्रदेशसभा २ (ख) मा धर्मराज शाहले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
बर्दिया क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा पंकज राठौरले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरी प्रदेशसभा २ (क) मा लहनु थारु र प्रदेशसभा २ (ख) मा कृष्णी थारुले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बर्दिया क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्रका शुरेश पन्थले प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेश तर्फ क्षेत्र नम्बर १ को (ख) मा अन्जु दहितले उम्मेदवारी दिनु भएको छ भने क्षेत्र नम्बर २ को (ख) मा मान बहादुर चौधरीले उम्मेदवारी दिनु भएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार पन्थ स्थानीय समाजसेवी हुनुहुन्छ साथै माओवादी केन्द्रको प्रदेश समिति सदस्य समेत हुनुहुन्छ । यस्तै अन्जु दहित बारबर्दिया नगरपालिकाकी निवर्तमान उपप्रमुख हुनुहुन्छ भने मान बहादुर थारु २०७० सालमा निर्वाचित पूर्व संविधानसभा सदस्य हुनुहुन्छ ।
लगातार वर्षामा पनि कोहि छाता ओढेर त कोहि भिज्दै उम्मेदवारी दिन पुगेका छन् । बर्दिया क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय राजापुर नगरपालिकामा रहेको छ । उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित राजापुर बजार परिक्रमा गरिएको छ ।