onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

वाम गठबन्धनका बामदेव गौतमलाई हराएका काँग्रेसका सञ्जय गौतमले टिकट पाएनन्

गौतमले जितेको बर्दिया क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति राठौर उम्मेदवार

Sambad ADD long

बर्दिया : बर्दिया क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस पार्टी जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरलाई काँग्रेसले प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । यसअघि २०७४ सालको निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई हराएका नेपाली काँग्रेसका सञ्जय गौतमले यसपटक प्रतिनिधिसभा सदस्यको टिकट पाउनु भएन ।

उहाँले पाउने निश्चत भएपनि मनोनयन दर्ता गर्ने दिन आज काँग्रेस पार्टीले गौतमलाई टिकट नदिएर अरुण प्रकाशसिंह राठौरलाई उम्मेदवारको टिकट दिएको छ । यसअघि सञ्जय गौतमले जितेको बर्दिया क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति अरुण प्रकाशसिँह राठौरलाई काँग्रेसले टिकट दिएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट अघिल्लो निर्वाचनमा वाम गठबन्धनका बामदेव गौतमलाई साढे सात सय मतले पराजित गर्दै विजयी हुनुभएका पुर्व सिँचाई मन्त्रिसमेत रहनुभएका काँग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतमलाई यसपल्ट पार्टीले टिकट नदिएको हो । दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा माओबादी केन्द्रको भाग परेको छ ।

यस्तै काँग्रेसले प्रदेश तर्फ क्षेत्र नम्बर १ को (क) मा भुवनेश्वर चौधरी र २ को (क) मा जन्मजय तिमिल्सेनालाई उम्मेदवारको टिकट दिइएको जिल्ला सभापति अरुण प्रकाशसिँह राठौरले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.