
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका बाढी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । भदौ ३० गते देखि असोज २ गते सम्म परेको अविरल वर्षाका कारण नगर भित्रका विभिन्न खोलानालामा आएको बाढीबाट प्रभावित भएकाहरुलाई आज राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको समन्वयमा केयर नेपाल र कमैया जागरण समाज नेपालद्वारा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का ९५ परिवारलाई राहत सामाग्री बितरण गरिएको ठाकुरबाबा नगरपालिकाको कार्यालयले जनाएको छ । वडा नम्बर ६ का ६ परिवार, वडा नम्बर ७ का ३९ परिवार, वडा नम्बर ८ का ३० परिवार र वडा नम्बर ९ का २० परिवार गरि ९५ परिवारलाई प्रति परिवार ५ हजार २५० रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । सम्बन्धित वडाका अध्यक्ष, सदस्य, नेपाल रेडक्रस सोसाइटी नेउलापुर उपशाखाका पदाधिकारी, समाजसेवी लगायतको उपस्थितिमा राहात सामाग्री हस्तान्तरण गरिएको छ ।
घरमा बाढी पसेर क्षति भएका पीडित परिवारलाई दशैं मनाउन सहज होस भहनेर राहत सामाग्री हस्तान्तरण गरिएको ठाकुरबाबा नगरपालिका नगरप्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो । राहत सामाग्री ब्यवस्थापन गर्न ठाकुरबाबा नगरपालिका-९, ठाकुरद्वाराको समृद्धि स्टोरले सहयोग गरेको जनाइएको छ ।