onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : धेरै पटक रक्तदान गर्ने रक्तदाताहरु सम्मानित

नेपाल स्वयम्सेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाको पहिलो वार्षिकोत्सव

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपाल स्वयम्सेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाको पहिलो वार्षिकोत्सवको अवसरमा दशैँ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व र कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्षको अधिकार हो भन्ने नारा सहित नेपाल स्वयम्सेवी रक्तदाता समाज जिल्ला शाखा बर्दिया २०७८ सालको असोज १६ गते विधिवत दर्ता भएको संस्था हो ।

एक वर्षको अवधिमा नेपाल स्वयम्सेवी रक्तदाता समाजको आयोजना तथा सहकार्यमा जिल्लाका अधिकांश पालिकामा रक्तदान कार्यक्रम सम्पन्न भई सकेको छ । बिभिन्न समयहरुमा थप रक्तदान कार्यक्रमको आयोजना गर्ने योजना रहेको नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेम प्रसाद लम्सालले जानकारी दिनुभयो ।

बिरामीलाई रगत अभाव हुन नदिन भन्दै देशैभर नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन प्रकृया जारी रहेको र अहिलेसम्म ३४ जिल्लामा शाखा बिस्तार भएको बर्दिया शाखाका सचिव श्यामलाल थारुले बताउनुभयो । सम्मान कार्यक्रममा बर्दियाका ८ वटै पालिकाबाट सबै भन्दा धेरै पटक रक्तदान गर्ने १/१ जना रक्तदाताहरुलाई सम्मान गरिएको जिल्ला शाखा बर्दियाका अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

नेपाल स्वयमेसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता र नगर उपप्रमुख बिना कुमारी भट्टराईको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल स्वयम्सेवी रक्तदाता समाज शाखा बर्दियाका सल्लाहकार अर्जुन सुवेदि, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, नेपाल स्वयम्सेवी रक्तदाता समाज ठाकुरबाबा, मधुवन, बाँसगढी नगर समितीका अध्यक्षहरु, जिल्ला सल्लाहकार सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.