online-aama-surachhya-sandesh

सहकारीका संचालकलाई सहकारी बैंकद्वारा क्षमता अभिवृद्धि तालिम संचालन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : सहकारी संस्थाका संचालकहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम गुलरियामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको भुरीगाउँ शाखाको आयोजना तथा गुलरिया सहकारी सञ्जालको समन्वयमा गुलरिया नगरपालिकामा संचालनमा रहेका सहकारी संस्थाको संचालकहरुलाई तालिम दिइएको हो ।

असोज ११ र १२ गते गरी दुई दिन संचालन भएको क्षमता अभिवृद्धि तालिममा सहकारी संस्थाका संचालकहरुलाई सहकारी ऐन, नियमावली, नीति र प्रविधि सहित सहकारी संचालनका विषयमा सचेतनामुलक जानकारी प्रदान गर्न तालिमको आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले बताउनुभयो ।

तालिममा सहकारी संचालनको प्रकृया, सहकारीका लागि कानुनी परिवेश र संचालकहरुको दायित्व, सहकारीमा नीतिगत ब्यवस्था, पर्ल्स, सहकारीको योजना, संचालकको जिम्मेवारी लगायतका विषयमा छलफल तथा जानकारी गराइएको बैंकका शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो । क्षमता अभिवृद्धि तालिमको सहजिकरण राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत बल्लभ तिमल्सीनाले गर्नुभएको राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाले जनाएको छ ।

गुलरिया सहकारी संजालका संयोजक इन्दिरा सुवेदीको अध्यक्षतामा तथा जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाको आतिथ्यतामा संचालित कार्यक्रममा गुलरिया नगरपालिका भित्र संचालनमा रहेका १४ वटा सहकारी संघ तथा संस्थाहरुबाट २३ जना संचालकहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको छ ।

Leave A Reply

Your email address will not be published.