onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सूचना, प्रविधीको सबै सामान पाइने जिजि ब्रदर्श कम्प्युटर हब संचालनमा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : माइक्रोटिच कम्प्युटर एजुकेशनले जिजि ब्रदर्श कम्प्युटर हबको नाममा आफ्नो नयाँ आउटलेट बिस्तार गरेको छ । नयाँ विस्तारित शोरुमको आज एक कार्यक्रमका बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले उद्घाटन गर्नुभयो ।

पछिल्लो समयमा सूचना तथा प्रविधीको बजार बिस्तार हुँदै गएको र युवा पुस्ता बीच माग बढ्दै गएको स्थितीलाई मध्यनजर गर्दै आफूहरुले नयाँ शोरुमको बिस्तार गरेको जिजि ब्रदर्श कम्प्युटर हबका संचालक गोपाल निरौलाले बताउनुभयो । नयाँ सञ्चालनमा आएको शोरुममा सूचना तथा प्रविधीसंग सम्बन्धित सबै किसिमका सामानहरु एउटै छानामुनि उपलब्ध रहने छ । जिजि ब्रदर्श कम्प्युटर हबमा सबै कम्पनीका ब्राण्डेड कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, क्यामेरा, एसी लगायतका सामानहरु उपलब्ध रहने जनाइएको छ ।

विगत २०६५ साल देखि सूचना, प्रविधी तथा इलेक्ट्रोनिक्सको ब्यवसायमा संलग्न रहँदै आउनु भएका निरौलाको पहिलो व्यवसायको रुपमा शुरु गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन र दोस्रो ब्यवसाय जिजि ब्रदर्श इलेक्ट्रोनिक्स भुरीगाउँ बजारमा सञ्चालनमा रहेको छ । जहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर तथा नेटवर्किङ्ग लगायतका कक्षाहरु संचालन भई रहेको छ । हाल माइक्रोटिच कम्प्युटर एजुकेशन आइ.एस.ओ. ९००१ः२०१५ प्रमाणीत समेत भएको छ । इलेक्ट्रोनिक्स तर्फ टिभी, फ्रिज लगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ ।

नजकिँदै गरेको दशैं, तिहार र छठको अवसरमा कम्प्युटर, ल्यापटप, टिभी, फ्रिज, लगायत विभिन्न इलेक्ट्रोनिक्स सामानहरुमा विशेष सहुलियत तथा छुट उपलब्ध गराइने समेत संचालक निरौलाले जानकारी दिनुभयो । आगामी दिनमा बजारको माग अनुसार अन्य क्षेत्रहरुमा समेत आफ्नो शाखा बिस्तार गर्दै जाने संचालकले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.