onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि गेरुवाबाट पक्राउ

Sambad ADD long

बर्दिया : कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । २०७२ साउन १६ गते राती अन्दाजी ९ः५५ बजेको समयमा गेरुवा गाउँपालिका–४, बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार भएका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, पाताभारबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा असोज ८ गते राती १० बजेको समयमा गेरुवा गाउँपालिका–४, बस्ने वर्ष ३७ को श्याम बि.सी. भनिने टिकाराम बुढाक्षेत्रीलाई उनकै गाउँबाट पक्राउ गरेको हो ।

फरार रहेका बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर बर्दिया जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.