onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सालको काठ कटान, मुछान मुद्दाका फरार अभियुक्त बारबर्दियाबाट पक्राउ

Sambad ADD long

बर्दिया : सालको काठ अनियमित कटान तथा मुछान ओसारपसार मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–११, बस्ने रतिराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरी टोलीले अभियुक्त रतिराम थारुलाई लुकिछिपी बसेको अवस्थामा निजकै घरबाट पक्राउ गरेको हो । २०७० बैशाख २७ गते जिल्ला अदालत बर्दियाले सालको काठ अनियमित कटान तथा मुछान ओसारपसार मुद्दामा ५ महिना ५ दिन कैद सजाय फैसला गरेकोमा अभियुक्त फरार भएका थिए ।

फरार रहेका थारुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेश पछि तोकिएको कैद भुक्तानका लागी कारागार कार्यालय गुलरिया बर्दिया चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.