मनमा अनेकौ तरङ्ग पौडिरहेका छन्
आफ्ना प्रश्नको उत्तर नहुँदा
नजबाफ भएको छ मेरो छोरो
पीडा भैइरहेछ उसलाई
के पढौँ के बनौँ के नबनौँ
सपना नाचीरहेको छन्
कलिलो मस्तिष्कमा
यो माहामारीलाई जितेर
कसरी म डाक्टर बन्न सकुँला ?
निहाली रहेछ
कोरोनाको कहर उभ्याएको छ
डाक्टर बन्ने सपनाको सोचाइँमा लडिरहेको छ
वर्षौँ देखिको आफ्नो इच्छा अगाडि बढाउनको लागि
तर विश्वले जित्न नसकेको यो महामारीलाई
जितेर अगाडि जान सकिएला र ?
उसले पूरा गर्नु छ आफ्नो आमाको बाचा
उस्ले पूरा गर्नुछ जिन्दगीको अभिलाषा
त्यसैले तछाड मछाड गर्दै लम्किरहेको छन्
मनका तरङ्गहरु
उ आज आफ्ना अनगिन्ती चाहाना
चाहाना संगै रोमलिएको छ उस्को भावना पनि
गर्दैछ भगवान संग बिन्ती,
हे भगवान म के बनूँ ?
सानो हुँदा उस्को हाउभाउ देख्दा
दुःख लागिरहेछ कोरोनाले भाग्य मेट्दा
बिचमा अलपत्र पर्यो मेरो छोरा
यस्तो हुँदा कस्को मन नरोला ?
एकातिर कोरोनाको कहर
अर्को तिर जिन्दगीको रहर
एकै ठाँउमा पोको पारेर नियाली रहेछ
जिन्दगीका पाना पल्टाउँदै बसि रहेको छ
सानो झुपडीमा बसेर गुनि रहेछ
आफ्नो अन्योलता ग्रस्त जीवनको इच्छाहरु
कहिँ कतै समाज सेवामा लाग्न पाउन्न कि भन्ने डर
डराइ रहेछन् उसका उथलपुथल भएको चाहाना
यस्तै यस्तै जन्मिरहेका छ्न् बाहाना
जिज्ञासाहरु लडिरहेका छ्न्
मानसटलमा डाक्टर बन्ने सपना
अधुरो हुने निश्चितता भएको लाग्दै छ उसलाई
किन कि विश्वनै रोहिरहेको छ
कोरोना महामारीबाट चिल्लाइ रहेको छ
विश्वलाइ हल्लाउँदै डुलि रहेको छ
त्यसैले दिनहुँ हेरि रहने टेलिभिजन रेडियो सबैमा
ध्यान दिएर हेर्छ सुन्छ
यति लामो समय सम्म ओखती आएको छैन
सोँचेर उस्को मुखबाट फुत्त आवाज निस्किन्छ
आमा म डाक्टर बन्दिन ।
माफ गर्नु मेरो इच्छा कोरोनाको कहरबाट
थाकेर थन्काएको छु दुर दराजमा
जहाँ कोहि जान नसकुन्
कोहि भेट्न नसकुन
मेरो डाक्टर बन्न नसकेको यो पीडा
लुकाइ सकेँ,
थन्काइ सकेँ
हो आमा
अब म कहिले डाक्टर बन्दिन
✍︎ विविधा भारती, ललितपुर