onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

[गजल] …बिहे गरेकै दिन

Sambad ADD long

स्वीकार्यौ प्रेम प्रस्ताव, बिहे गरेकै दिन ।
दियौ दिलमा डेरा, बसाइँ सरेकै दिन ।

साथी हुँ म भन्थौं, रहेछौ बडो घाती,
गर्यौ घात म संग, दुस्ख परेकै दिन ।

बाचुन्जेल बुबालाई, बुबा भन्दैनथ्यो,
ऊ बन्यो आज बुबा, बुबा मरेकै दिन ।

डरलाग्दो थियो खोलो, उर्लिई रहेको,
पठाई दियौ डुङ्गा, खोलो तरेकै दिन ।

सुरक्षाको निम्ति, अंगरक्षक बोलाएको,
आई पुग्यो अंगरक्षक, इज्जत हरेकै दिन ।।

✍︎ सुमन सिंगल
गौरादह–४, परिवर्तन टोल, झापा

Leave A Reply

Your email address will not be published.