त्रिभुवन माविको समिक्षामा सुझाब संकलन, कार्यान्वयनमा सहयोग गर्न प्रधानाध्यापककाे आग्रह

भुरीगाउँ, बर्दिया : त्रिभुवन नमूना माध्यमिक विद्यालयले वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षा गरेको हो ।
कार्यक्रममा गत आर्थिक वर्षमा विद्यालयले सम्पन्न गरेका कार्यक्रम तथा अहिले संचालन भई रहेका गतिविधी र पछि हुने विभिन्न प्रकृयाहरुको बारेमा विद्यालयका प्रध्यानाध्यापक नन्दराम अधिकारीले जानकारी दिँदै बर्दिया जिल्ला भरीमा रहेका १२० माध्यामिक विद्यालय मध्ये सबैभन्दा बढि विद्यार्थीसंख्या रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा भएका विभिन्न भौतिक, आर्थिक, शैक्षिक र सामाजिकरुपमा भएका सम्पूर्ण गतिविधिबारे जानकारी गराउनु भएको छ । प्रधानाध्यापक अधिकारीले तलव भत्ता, अनुदान, प्रशासनिक खर्च, स्थानीयतह, विद्यार्थी तथा अविभावकबाट प्राप्त रकम र अन्य विभिन्न शिर्षकबाट भएका आम्दानी तथा अन्य सस्थाबाट भएको मासिक आम्दानी खर्चको विवरण पेश गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा हाल भइरहेका विभिन्न क्रियाकलापका बारेमा जानकारी गराउँदै आगामी दिनहरुमा त्रिभुवन नमूना माध्यमिक विद्यालयलाई अझै सबल र सक्षम तथा दक्ष जनशक्ति उत्पादनका लागि अबलम्वन गर्नुपर्ने कार्यका विषयमा उपस्थित रहनु भएका अभिभावक, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधी बडघर, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुसंग सल्लाह तथा सुझाब संकलन गरिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले विद्यालयमा नर्सहको व्यवस्था, स्कुल बस संचालन, शौचालयको उचित ब्यवस्थापन, शैक्षिकरुपमा कमजोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन, हरेक महिनाको अन्त्यमा अभिभावक भेला गराई शिक्षक, अभिभावक र विद्यार्थी विचमा छलफल, साना बालबालिकाहरुको मनोविज्ञानलाई मध्यनगर गरी शिक्षण सिकाई, विखर्थीहरुलाई ट्राफिक चिन्हको ज्ञान दिने कक्षा संचालन, मनोरन्जनात्मक शिक्षाका लागि गीत, संगीत तथा सहित्यमा जोड दिनुपर्ने लगायतको सुझाब दिएका थिए । सहभागीहरुबाट प्राप्त सुझाबलाई आगामी दिनहरुमा सम्भाब्यताको आधारमा क्रमशः कार्यान्वयन गर्दै लैजाने बताउँदै सो का लागि सबैले साथ र सहयोग गर्न प्रधानाध्यापक अधिकारीले आग्रह गर्नुभयो ।
समिक्षा कार्यक्रममा पूर्व विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुलाई बिदाई गरीएको र नवनिर्वाचित सदस्यहरुलाई स्वागत गरिएको छ । समिक्षा कार्यक्रम शिक्षक अविभावक सँघका अध्यक्ष सविता थापाको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्षको प्रमुख आतिथ्यतामा रहेको थियो ।