onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाढी प्रभावित ४६ परिवारलाई सिको साकोसद्वारा खाद्यन्न सहयोग

Sambad ADD long

भुरीगाउँ, बर्दिया : लगातार दुई दिनको वर्षाका कारण विस्थापित भएकालाई सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खाद्यन्न सहयोग गरेको छ । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको सिको साकोसले लगातारकाे वर्षाका कारण आएको बाढी घरमा पस्दा विस्थापित भई विद्यालयमा आश्रय लिएर बसेका संस्थाका सदस्यहरु ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का २३ र वडा नम्बर ८ का २३ गरी ४६ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको हो ।

सहकारीले आपातकालीन राहत स्वरुप सामूहिक रूपमा ५ क्विन्टल चामल, १२ किलो दाल, ५० किलो आलु, २० लिटर तेल, ४० किलो नुन र ९ पेटी प्रशोधित पिउने पानी वितरण गरेको संस्थाका ब्यवस्थापक हरीहर पौडेलले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका–७, सुन्दरपुरको शिव सुन्दर माध्यमिक विद्यालयमा आश्रय लिएका बाढी प्रभावित सदस्य घरपरिवारलाई वडा नम्बर ७ का वडाध्यक्ष कलम बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिका-८, भुड्कैयाको न्यू ब्राइट फ्युचर एकेडेमी विद्यालयमा आश्रय लिएका सदस्य परिवारलाई ठाकुरबाबा नगरपालिका कार्यपालिका सदस्य सुष्मा खड्काको उपस्थितीमा सिको साकोसले खाद्यन्न सहयोग गरेको हो ।

समस्यमा परेका सदस्यको घरपरिवारलाई समयमा नै राहत स्वरुप खाद्यन्न सहयोग गरेकोमा वडा नम्बर ७ का वडाअध्यक्ष कलम बहादुर विष्टले सिकाे साकाेसलाई धन्यवाद दिनुका साथै यस्तै सामाजिक कार्यले नै सहकारी प्रती जनताको विश्वास बढ्दै गएको बताउनु भयो । आपातकालीन राहत वितरण कार्यक्रममा बोल्दै संस्थाका वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले सिको साकोस आफ्ना सदस्यहरूको हरेक सुख अनि दुःखमा संगसंगै रहने तथा सदस्यमा पर्ने जुनसुकै अप्ठ्यारो परिस्थितीमा सहयोग गर्नु सिकोको दायित्व रहेको बताउनु भयो ।

उक्त राहत वितरण कार्यक्रममा सिको सिकोसका वरिष्ठ उपाध्यक्ष सहित संचालक समितिका सदस्यहरु दिपेन्द्र बहादुर बुढा, गोपीलाल थारु, लक्ष्मण कुमार गौली, ऋण उपसमिति सदस्य नन्दलाल रोकाय सहित व्यवस्थापन समूहकोको सहभागिता रहेको संस्थाका सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.