विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

हिउँ जस्तो लाग्ने [गजल]

सायद अभाव थियो मुटुभित्र चिसो, हिउँ जस्तो लाग्ने ।
तिमिलाई भेटेपछी भएकोछु, पग्लिउँ जस्तो लाग्ने ।।

यहाँ कति छ्न कति बोल्न पनि मन नलाग्नेहरु,
एक तिमी छौ नमाग्दै जिन्दगी, दिउँ जस्तो लाग्ने ।।

तिम्रो जीवनको तराईमा, आधी आउन लाग्दा,
माया नै त हो पहाड बनेर, उभिउँ जस्तो लाग्ने ।।

नबनोस हाम्रो सम्बन्ध, कुनै बेकार यात्रा जस्तो,
आधाबाटो हिडिसकेपछी, फर्किउँ जस्तो लाग्ने ।।

अथाह प्यार गरेर बनायौ, आमा तिमिले मलाई ,
सयौ जुनि तिम्रै कोखबाट, जन्मिउँ जस्तो लाग्ने ।।

Loading...

Thakurbaba Municipality