बाल दिवसको अवसरमा नेरामाविद्वारा विविध कार्यक्रमको आयोजना
हरिवंश पाण्डे/ठाकुरद्वारा, बर्दिया : ठाकुरबाबा नगरपालिका–९ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि)ले भदाै २९ गते बुधबार राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकारका बारेमा सचेतना गराउने उद्देश्यले व्यानर र प्लेकार्ड सहित स्थानीय बजार परिक्रमा गरी विद्यालयको माध्यमिक तहमा वक्तृत्वकला र आधारभूत तहमा चित्रकला प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा विद्यालयमा रहेको बाल क्लबले बाल दिवसको अवसरमा कार्यक्रममको आयोजना गरेको हो । बाल क्लबका अध्यक्ष अम्मन् थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्तृत्वकला र चित्रकला प्रतियोगीतामा सहभागी प्रथम, द्वितीय, तृतीय र चौँथो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राधा चौधरीले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रमको आयोजना गर्ने बाल क्लबलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम कक्षा १० मा अध्यनरत विद्यार्थी मिलन थारुले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ का वडा अध्यक्ष तथा नेरामाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा चौधरी रहनु भएको थियो भने अथितीमा ठाकुरबाबा नगरकार्यपालिका सदस्य सावित्रा थापा, वडा सदस्यहरू, शिक्षक अभिभावक संघका संयोजक जगत रिजाल, छिमेकी विद्यालय कौश्यल्यवरी प्राथमिक विद्यालयका प्रधानाध्यापक शान्ति प्रसाद शर्मा र पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक दिलु के.सी.को उपस्थिती रहेको थियो ।