onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयातालमा बालबालिकालाई मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न नपाईने

Sambad ADD long

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले बालबालिकालाई मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाईने निर्णय गरेको छ । वडा नम्बर ८ को भदौ २३ गते बसेको बैठकले वडा अन्तरगत रहेका सम्पूर्ण पसललाई बालबालिकाहरुलाई मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका बालबालिकाहरु मदिरा तथा सुर्तिजन्य पदार्थको सेवन तिर आकर्षित भएका र मदिरा तथा सुर्तिजन्य पदार्थको सेवनले स्वास्थ्य, शिक्षा, पारिवारिक अवस्था एवम् बालबालिकाहरुको भविष्यमा समेत प्रतिकुल प्रभाब पर्न सक्ने भएकाले सो निर्णय गरेको वडा नम्बर ८ का वडाअध्यक्ष तेजनाथ पौडेलले बताउनु भयो । मदिरा तथा सुर्तिजन्य पदार्थको बिक्रीमा रोक लागाउने निर्णयको कार्यान्वय भदौ २६ गते देखि लागु वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा वडाका सम्पूर्ण अभिभावक र पसल संचालकलाई सचेत गराउने, अभिभावकलाई मदिरा तथा सुर्तिजन्य पदार्थ किन्नको लागि बालबालिकाको प्रयोग नगर्न अनुरोध गर्ने, पसल संचालकहरु संग बालबालिकालाई मदिरा तथा सुर्तिजन्य पदार्थ नवेच्नका लागि अनुरोध गर्ने र उल्लङ्घन भएमा नियमानुसार कारवाही गरिने वडाअध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

निर्णयको कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न स्थानीय सरोकारवाला, स्थानीय नागरिक, अभिभावक, विद्यार्थि लगायत सबैको साथ र सहयोग हुनु पर्नेमा स्थानीयले जोड दिएका छन् । निर्णयको बारेमा सबैलाई जानकारी गराउन वडाका टोलटोलमा माइकिङ गर्ने वडा कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.