मैनापोखर, बर्दिया : दीगोपना र पालिका तहमा सु–आहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठि भदौ २४ गते बढैयातालमा सम्पन्न भएको छ । यू.एस.ए.आइ.डी.को सहयोगमा जनजागरण महिला संघ बर्दियाले बढैयाताल गाउँपालिकाको समन्वयमा स्थानीयतहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत सु–आहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।
सु–आहारा परियोजनाका बरिष्ठ पोषण तथा स्वास्थ्य अधिकृत शिवशंकर चौवेको सहजिकरणमा सम्पन कार्यक्रमको उद्देश्य पोषणका आधारभुत सुचकहरुको अवस्थाबारे जानकारी दिई प्राथमिकता निर्धारण गर्न, पोषणबारे दीर्घकालीन नीति तथा योजना बनाउन र योजनाको प्रभाबकारी कार्यान्वयन गरी कुपोषण न्यूनिकरणमा स्थानीय सरकार, विषयगत शाखा लगायत सरोकारवालाहरुलाई प्रतिबद्ध गराउने रहेको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले संचालित कार्यक्रमले हुने खाने र हुँदा खाने बिचको पहिचान गरेर हुँदा खानेलाई प्राथमिकतामा राखेर काम गर्नु बताउनु भयो । कार्यक्रम समुदायमा प्रभाबकारी भएको र कार्यक्रम शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकासंग अन्तर सम्बन्धित भएको बताउदै थप कार्यक्रमको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । सबैको साझा प्रयासबाट मात्र कार्यक्रमको उद्देश्य पुरा हुन सम्भब हुने भन्दै अभियानलाई सफल पार्नको लागि स्थानिय श्रोत र साधनको आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबै सरोकारवालाको साथ र सहयोग हुनु पर्नेमा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऐडीले जोड दिनुभयो ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेल, बढैयाताल गाउँपालिका स्वास्थ्य शाखाका रमेश पौडेल, कृषि शाखाका प्रतिनिधी, स्वास्थ्य स्वयम्सेविका लगायतले कार्यक्रमको महत्व र पोषण कार्यक्रमले बच्चा र आमाको स्वास्थ्यमा पारेको प्रभाबका विषयमा आ–आफ्ना धारणाहरु ब्यक्त गरेको पोषण सहजकर्ता राजब हादुर क्षेत्रीले जानकारी दिनुभयो ।