onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेकपा एमाले बर्दियाद्वारा उम्मेदवारहरुको नाम सिफारिस

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमाले जिल्ला कमिटि बर्दियाले बैठकबाट निर्णय गरेर सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको जनाएको छ ।

दुई वटा प्रतिनिधिसभा क्षेत्र र चार वटा प्रदेशसभा क्षेत्र रहेको बर्दियामा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ लक्ष्मणराज ज्ञवाली, लिला राना, कृष्ण प्रसाद गौतम र कपिल ज्ञवाली तथा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ बिमला बि.क., भिम के.सी., पंकज सिंह राठौर र कुल प्रसाद पोखरेलको नाम सिफारिस भएको नेकपा एमाले बर्दिया जिल्ला कमिटि अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ (क) बाट शालिकराम अधिकारी र हरी अधिकारी तथा क्षेत्र नम्बर १ (ख) बाट भक्त बहादुर बि.क., विष्णु भट्टराई, अशोक कुमार खड्का र रुद्र अधिकारी सिफारिस हुनु भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ लहनु थारु र नर बहादुर खड्का तथा क्षेत्र नम्बर २ (ख) बाट कृष्णी थारु, ईन्द्र सेन र बाबुराम थारुको नाम सिफारिस भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक महिला तर्फ शोभा ज्ञवाली, बिना ज्ञवाली र शान्ति चौधरी सिफारिस भएका छन् भने समानुपातिक पुरुषतर्फ ईन्द्र प्रसाद लुइँटेल, बजारे चौधरी र कासिम अली सिद्धिकी सिफारिस भएको नेकपा एमाले जिल्ला कमिटि बर्दियाले जनाएको छ ।

नेकपा एमाले बर्दियाका कार्यालय सचिव अंगद श्रेष्ठका अनुसार प्रदेशसभा सदस्य समानुपातिकतर्फ कृष्णकुमारी गुरुङ, शुष्मा चौधरी, अतिराम चौधरी, नुतन कुमार चौधरी, ठाकुरसिंह थारु, कालुराम थारु, फत्तु थारु, माष्टर थारु, पुनकला श्रीवास्तव, श्वेता श्रीवास्तव, राममुरत यादव, ओमप्रकास यादव, खिमा कुमारी बि.क., मनिषा सुनार, सुरेश बहादुर भुल, धिरेन्द्र कुमार रसाईली, सर्जने कामी, भक्तबहादुर सुनार, मनोज कुमार वक।, प्रशान्त कुमार बि.क., साविर हुसैन खाँ, भुसैली जागा, नेत्र प्रसाद सापकोटा, रामप्रसाद वादी, कल्पना ज्ञवाली, देवीमाया बश्याल, कमला ज्ञवाली, सितामैंया शाही, चन्द्रवती न्यौपाने, गोमा पौडेल, श्रीमती चन्द्रकुमारी खड्का, उमा कुमारी मल्ल, देवीसरा जैसी, सपना रोका, टंकबहादुर वली, डिल्लीराम शर्मा, लालबहादुर कडायत, कृष्णप्रसाद शर्मा वाग्ले र नन्दबहादुर खत्रीको नाम सिफारिस भएको छ ।

Leave A Reply

Your email address will not be published.