onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आर्थिक अभावकै कारण ठाकुरबाबामा शिक्षाबाट बन्चित हुन नपर्ने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका विद्यार्थीहरुले अब आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुन नपर्ने भएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल तथा नगर उपप्रमुख बिना कुमारी भट्टराइले सबैको पहुँच सुनिश्चितता निःशुल्क तथा अनिवार्य शिक्षा र शिक्षामा गुणस्तर सम्बन्धि १३ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै आर्थिक अभावका कारणले नै शिक्षाबाट कोहि पनि बञ्चित हुन नपर्ने बताउनुभएको हो ।

५६ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा १३ बुँदे घोषणापत्र जारी गर्दै १ देखी १० कक्षासम्म पूर्ण निःशुल्क शिक्षा लागु गरिएकाले ठाकुरबाबा नगरपालकाको शिक्षा शाखाबाट तोकिएका परिक्षा एवम् स्थानान्तर प्रमाणपत्र र स्वीकृत योजना एवम् कार्यक्रम बाहेक कुनैपनि शिर्षकमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, १० कक्षा देखि १२ कक्षा सम्म पूर्ण निशुःल्क शिक्षाका लागि लक्षित वर्ग, विपन्न, दलित, मुक्त कम्लहरी, मुक्त कमैयाका बालबालिका र अति विपन्नलाई पढ्न पैसा तिर्न नपर्ने घोषणा गरिएको छ ।

टुहुरा, असहाय, अनाथ बालबालिकाका लागि साहारा शिक्षालय नामक विद्यालय संचालनमा ल्याउने, एउटा वडामा एउटा मात्र सवल प्रशासनिक नेतृत्वदायी सक्षम विद्यालय संचालन केन्द्रित गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । प्रधानाध्यापक र शिक्षकहरुसंग कार्यसम्पादनमा आधारित जनशक्ति मुल्याङ्कनको थालनी गरिएको, लामो समयदेखि न्यून विद्यार्थि संख्यामा अडिएका विद्यालय समायोजन गरिने, हरेक विद्यालयमा बालसंरक्षण नीति, शिक्षक विद्यार्थि समिती, अभिभावकको आचार संहिता, कार्यालयको भित्तामा वडापत्र, गुनासो अधिकारी र सूचना अधिकारी सहितको बालसंरक्षित विद्यालयको घोषणा गरिने बताइएको छ ।

शिक्षक कर्मचारिको व्यवस्थापन युक्त विद्यालय रहने सुनिश्चितताको घोषणा र ठाकुरबाबाका विद्यालयको मुख्य समस्या भर्ना भएकाको टिकाउ र सिकाई उपलब्धि न्यूनता एवम् बालविवाह रहेकाले यसलाई न्यूनिकरण गर्नमा संघसंस्थालाई सहयोगका लागि आग्रह गरिएको समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.