भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले साक्षरता दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाले शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्र संग सम्बन्धित ब्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरेको छ ।
उत्कृष्ठ नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालय र विद्यार्थी, उत्कृष्ठ शिक्षक तथा विद्यालय, कर्मचारी, सेवानिवृत्त शिक्षक, उत्कृष्ठ विद्यालय तथा व्यवस्थापन समिति, विभिन्न विधामा उत्कृष्ठ हुन सफल खेलाडी तथा प्रशिक्षक र नगरपालिकाको शिक्षाक्षेत्रमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सम्मान गरेको छ ।
५६ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा भदौ २३ गते बिहिबार ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र महिला, बालबालिका तथा समाज कल्याण शाखा, स्याक नेपाल, बि–ग्रुप, थारु महिला उत्थान केन्द्र, गेरुवा ग्रामिण जागरण संघ, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहआयोजनामा एक कार्यक्रम आयोजना गरेर विभिन्न बिधामा उत्कृष्ठ हुने व्यक्ति तथा संघसस्थाहरुलाई सम्मान गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता कुमारी भण्डारीले जानकारी दिनुभयो ।
साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुल नारालाई मध्यनजर गर्दै सामुदायिक विद्यालय तर्फको उत्कृष्ठ विद्यार्थिहरुमा चुरे माध्यमिक विद्यालय बगनाहाका आयुष शर्मा, त्रिभुवन नमूना माध्यमिक विद्यालयका कपिल पाण्डे, दिपेन्द्र धिताल, सन्तोष बिष्ट र बिक्रम प्याकुरेललाई सम्मान गरिएको छ भने संस्थागत विद्यालयहरुमा आधारभुत तर्फ बर्दिया एजुकेशन एकेडेमीका अरुण खड्का, नेशनल एकेडेमीका सिजि राजवंशि, आभिष्कार थापा, कर्णाली इङ्लिस बोर्डिङ्ग स्कुलका दिक्षा देवकोटा, बि बि ए एस मेमोरियल स्कुलकी करुणा चौधरी र माध्यमिक तर्फ कर्णाली इङ्लिस बोर्डिङ्ग स्कुलकी जेनि धिताललाई सम्मान गरिएको छ ।
यसैबिच कक्षा ५ मा उत्कष्ठ हुन सफल विद्यालय सामुदायिक तर्फ प्राथमिक विद्यालय खैलार, कक्षा ८ मा उत्कृष्ठ हुन सफल बबई शिशु मन्दिर माध्यमिक विद्यालय, कक्षा १० तर्फ उत्कृष्ठ हुन सफल जगदम्बा माध्यमिक विद्यालय, कक्षा १२ मा उत्कृष्ठ हुन सफल त्रिभुवन नमूना माध्यमिक विद्यालय र संस्थागत तर्फ नेशनल एकेडेमी रानिपुर, कक्षा ८ मा उत्कृष्ट ओम आदर्श एकेडेमी बकुवा र कक्षा १० मा उत्कृष्ट हुन सफल बि बि ए एस मेमोरियल ठाकुरद्वारालाई सम्मान गरिएको हो ।
उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरुमा कक्षा ११ र १२ तर्फ जगदम्बा माध्यमिक विद्यालयका शिक्षक चित्र प्रसाद उपाध्याय, कक्षा ९ र १० तर्फ शिवसुन्दर माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र चौधरी, कक्षा ६ देखि ८ सम्म त्रिभुवन नमूना माध्यमिक बिद्यालयका शिक्षक यमलाल पौडेल, कक्षा १ देखि ५ सम्म जनज्योती माध्यमिक विद्यालयका शिक्षक लाल बहादुर चौधरी, बालविकास तर्फ चुरे माध्यमिक विद्यालयकी शिक्षक प्रेम कुमारी चौधरी र कर्मचारीमा जनचाहना आधारभुत विद्यालयकी सुमित्रा अधिकारी र संस्थागत विद्यालय तर्फ कर्णाली इङ्लिस बोर्डिङ्ग स्कुलका शिक्षक दिनानाथ कंडेललाई सम्मान गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
यसैबिच उत्कृष्ठ विद्यालय व्यवस्थापन समिति अन्तरगत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराका अध्यक्ष राधा चौधरी तथा सेवा निवृत्त शिक्षक र कर्मचारीहरुतर्फ गोपिलाल चौधरी, नारायण अधिकारी, कलिराम कुश्मा, मिन बहादुर शाहि, हरि प्रसाद थारु, लोकनाथ शर्मा, बालाराम ढकाल र चैतु थारुलार्इ सम्मान गर्नुका साथै १२ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडि तथा पदाधिकारी, ४४ औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियन, छैठौं राष्ट्रिय खोखो प्रतियोगितामा पदक जित्ने खेलाडि तथा पदाधिकारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने संघसंस्थामा प्लान नेपाल, बि–ग्रुप, गेरुवा ग्रामिण जागरण संघ, थारु महिला उत्थान केन्द्र, बाँके युनेस्को क्लब, नेपाल रेडक्रस ठाकुरबाबा उपशाखा, स्याक नेपाल र रेडियो टाइगरलाई समेत सम्मान गरिएको छ । अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले विद्यालय सुधार गर्न नगर सरकार लागि परेकाले सबै अभिभावकहरुलाई सहयोग गर्न आग्रह गर्दै विद्यार्थी र शिक्षकको गहना अनुशासन भएकाले यसतर्फ सबैले ध्यान दिन आग्रह गर्नुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष तिलकराम लम्सालको अध्यक्षता तथा नगर उपप्रमुख बिना कुमारी भट्टराई, वौ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, अभिभावक, विद्यार्थी तथा नगरपालिकाको समग्र शिक्षा क्षेत्रमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।