विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

लोसपा बर्दियाद्वारा उम्मेदवारहरुको नाम सिफारिस

बर्दिया : आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बर्दियाले उम्मेदवारको नाम सिफारिस गरेको छ । लोसपा बर्दियाले बैठकबाट निर्णय गरेर उम्मेदवारहरुको नाम सिफारिस गरेको जनाएको छ ।

दुई वटा प्रतिनिधिसभा क्षेत्र र चार वटा प्रदेशसभा क्षेत्र रहेको बर्दियामा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ महेन्द्र किशोर झा तथा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ अनिरुद्ध आर्यको नाम सिफारिस भएको लोसपा बर्दियाका अध्यक्ष सुरेश कुमार शुक्ला जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ (ख) बाट सुरेश कुमार शुक्ला सिफारिस हुनु भएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ को समानुपातिक तर्फ केशव कुमार यादव, कीर्तिनाथ यादव र ममता बंजारा सिफारिस भएको लोसपा बर्दिया अध्यक्ष शुक्लाले जानकारी दिनुभयो । प्रदेशसभा समानुपातिक तर्फ पुनम शुक्ला (मधेसी महिला), ममता बंजारा (जनजाति), केशरानी रैदास (दलित महिला), निशा यादव (मधेसी महिला), लक्ष्मी गुप्ता (मधेसी महिला) को नाम सिफारिस गरेको लोसपा बर्दियाले जनाएको छ।

Loading...

Thakurbaba Municipality