onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

देशको स्थायित्वका लागि राजसंस्था आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको स्थायित्वका लागि राजसंस्था आवश्यक भएको बताउनु भएको छ । भदौ २० गते बर्दियाको भुरीगाउँमा आयोजनामा गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दिङ्देनले सो कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले शेर बहादुर देउवा, केपी शर्मा वली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुलाई अझै कति पटक प्रधानमन्त्री बनायो भने देश परिवर्तन हुन्छ भनेर जनतालाई प्रश्न गर्नुभयो । चुनावका बेला पैसा लिएर भोट दिने मानिस कहिल्यै धनी नहुने भन्दै पैसा खाँदै मोटरसाइकलमा तेल हालेर भोट दिएका मान्छेको आर्थिक अवस्था कहिल्यै नफेरिने समेत दाबी गर्नुभयो । पैसाको कारोबारमा भएको भोट कारोबारले गाउँघरको विकास समेत नहुने र चुनावमा हुने पैसाको चलखेलले नेता, मतदाता संगै दलहरू पनि बदनाम हुँदै गएको राप्रपा अध्यक्ष दिङ्देनले बताउनु भयो ।

नेपालमा बैदेशिक हस्तक्षेप बढ्दै गई रहेको र त्यो बैदेशिक हस्तक्षेप निम्त्याउनमा अहिलेको गठबन्धनको सरकार अग्रसर भएको आरोप लगाउँदै राप्रपा अध्यक्ष लिङ्देनले नेपालको मन्त्री, प्रधानमन्त्री को र कुन पार्टीको हुनु पर्छ भन्ने विषयमा विदेशीले हस्तक्षेप गरि रहेको दाबी गर्नु भयो । विदेशीहरुको साथ र समर्थन लिएर मात्रै नेपालमा राननीति गर्न सकिन्छ भन्ने मान्यता नेपालका राजनीतिक दलहरुमा स्थापित हुँदै गई रहेको र जुन नेपाल र नेपालीका लागि घातक हुने उहाँले बताउनु भयो ।

प्रतिनिधीसभाको कार्यकाल बढाउने चलखेल हुँदा आफुले राजिनामा दिएको प्रसंग उठाउँदै आफुले नेपालको राजनीतिमा संस्कारको परम्परा बसाउन खोजेको बताउँदै दलका पुराना नेताहरूले देश बिगारेको आरोप लगाउनु भयो । देश विकासको लागि काम नगर्ने नेताहरुलाई भोट नहाल्नु नै एकमात्र विकल्प रहेको र यस पटकको निर्वाचनमा स्थानीय तहमा धरान र काठमाण्डौमा आएको जस्तै नतिजा आउने अनुमान आफ्नो रहेको बताउनुभयो ।

नेपाल भन्दा पछि बनेका देशहरुले कतिबेला पानी पार्ने र कतिबेला घाम लगाउने प्रविधी बनाई सक्दा नेपालका जनताहरु भने दुई गाउँलाई जोड्ने कल्भर्ट नभएर छटपटाउनु परेको दुःखेसो गर्दै उहि काम नगर्ने नेताहरुको कारण कृषि प्रधान देशका कृषकहरु खेती लगाउन रासायनिक मल नपाएर छपटाउनु पर्ने अवस्था आएको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाको आयोजना तथा जिल्ला अध्यक्ष भीम बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा धेरै जना राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले गरेको सम्बोधन हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.