onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अबैध रुपमा काठ ओसार पसार मुद्दाका फरार अभियुक्त पक्राउ

Sambad ADD long

बर्दिया : अबैध रुपमा काठ ओसार पसार मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । गुलरिया नगरपालिका–८, बस्ने वर्ष २२ को प्रदिप लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी टोलीले भदौ १८ गते बेलुका अभियुक्त प्रदिप लोधलाई निजकै घरबाट पक्राउ गरेको हो । २०७८ मंसिर १ गते जिल्ला अदालत बर्दियाले अबैध रुपमा काठ ओसार पसार मुद्दामा १३ हजार ३८५ रुपैयाँ जरिवाना र २०० रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेकोमा अभियुक्त फरार भएका थिए ।

फरार रहेका लोधलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा तोकिएको जरीवाना रकम बुझाएर छुटेर गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.