
बर्दिया : इलाका प्रहरी कार्यालय, ढोढरीले मधुवन नगरपालिकाबाट नगद सहित पन्ध्र जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४, माचड चोक स्थित सोमइ थारुको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर भदौ १८ गते जुवा खेलिरहेको अवस्थामा ५७ हजार २९० रुपैयाँ नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
जुवाको खालबाट पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ माचड बस्ने वर्ष ३९ को घरधनी सोमई थारु, वर्ष ३४ को जगत चौधरी, वर्ष २६ को होम बहादुर चौधरी, वर्ष ५० को गोबिन्दराज गिरी, वर्ष ३१ को बंशिराम चौधरी, वर्ष ५३ को प्रदेशी थारु, वर्ष २८ को सुदिप चौधरी, वर्ष ३० को रामेश्वर चौधरी, वर्ष २५ को पवन रेग्मी र वर्ष ३५ को किरण बुढाा मगर रहेका छन् ।
त्यस्तै सोहि नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने वर्ष २८ को राजेन्द्र चौधरी र वर्ष ३९ को लाहानु चौधरी, वडा नम्बर ८ सानोश्री बस्ने वर्ष ४५ को खेमलाल रिमाल, वडा नम्बर ६ ताराताल बस्ने वर्ष ३२ को भोजराज वली र वडा नम्बर ५ सत्र नम्बर चोक बस्ने वर्ष ४२ को नन्द कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ ।
पक्राउ परेका विरुद्ध जुवा सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय गुलरियाबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।