onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आयुर्वेद औषधी व्यवसायी संघ, बर्दियाको अध्यक्षमा गुप्ता निर्विरोध

Sambad ADD long

बर्दिया : नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, जिल्ला शाखा बर्दियाको अध्यक्षमा त्रिलोकी नाथ गुप्ता निर्विरोध चयन हुनु भएको छ । भदौ १८ गते शनिबार गुलरियामा भएको नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, जिल्ला शाखा बर्दियाको दोस्रो जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः गुप्ता सर्वसम्मत चयन हुनु भएको हो ।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, जिल्ला शाखा बर्दियाको उपाध्यक्षमा कुमार प्रसाद थारु, सचिवमा प्रदीप कुमार श्रीवास्तव, कोषाध्यक्षमा मिथलेश कुमार रैदास चयन हुनु भएको छ भने सदस्यहरुमा बलराम गुप्ता, युसुफ अलि शेष र माधव बहादुर थापा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

पछिल्लो समय आर्युेवेद प्रतिको विश्वास तथा जिल्लामा सञ्चालित सम्पूर्ण आयुर्वेद औषाधालय तथा फर्महरुमा एकरुपता ल्याई सवैको हितका लागि कार्य गर्ने नवनिर्वाचित अध्यक्ष त्रिलोकी नाथ गुप्ताले बताउनु भयो । गाँउगाँउमा आयुर्वेदको नाम लिई अन्य प्रयोजनका औषधीहरु बिक्री गरेर भ्रम सिर्जना गरेको बताउँदै नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, जिल्ला शाखा बर्दियाले सो भ्रमलाई असत्य ठहर गर्ने गरि कार्य गर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.