बर्दिया : चोरी मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार एक ब्यक्ति पक्राउ परेका छन् । राजापुर नगरपालिका–१, टिउनी बस्ने वर्ष २६ को समिर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले भदौ १४ गते अभियुक्त चौधरीलाई सोनपुर बजारबाट पक्राउ गरेको हो । जिल्ला अदालत बर्दियाले चोरी मुद्दामा ८० हजार १०० रुपैयाँ र १ महिना ५ दिन कैद सजाय तोकेकोमा अभियुक्त फरार भएका थिए ।
चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।