लुम्बिनीका प्रहरी नायव महानिरीक्षक बर्दिया निरिक्षण संगै अन्तरक्रियामा सहभागी

गुलरिया, बर्दिया : लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले भदौ १५ गते बुधबार जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाकोे भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारीहरु, मेश, ब्यारेक, बिभिन्न शाखा लगायतको निरीक्षण गर्नुभई प्रहरी नायव महानिरीक्षक उपाध्यायले कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुगमन पछि प्रहरी नायव महानिरीक्षक उपाध्यायले राजापुर नगरपालिकाका नगर प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्दीजिवी लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय राजापुर र राजापुर नगरपालिका वडा नम्बर २ को कार्यालयले संयुक्त रुपमा आयोजना गरेको राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भई छलफल गर्नु भएकोे छ ।

कार्यक्रममा राजापुर नगरपालिका लगायत जिल्लाको समग्र शान्ति सुरक्षामा देखिएका चुनौतिहरु, सो को समाधानका उपायहरु, आम जनमानसमा प्रहरी प्रतिको धारणा, गुनासा र सुझावहरुका साथै शान्ति सुरक्षाका सम्बन्धमा समुदाय र प्रहरी बिच हुनुपर्ने सहकार्य तथा निकट भबिष्यमा हुन गईरहेको संघिय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनको शान्तिसुरक्षाका सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Loading...