onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जंगली हात्ती गाउँ पस्दा २ विगाह क्षेत्रफलको धानबालीमा क्षती

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका–५, गाउँ नम्बर १० शक्तिपुरमा बगाले जंगली हात्तीको बथानले करिब २ विगाह क्षेत्रफलको धान र मकै नष्ट गरेको छ । नेपाल–भारत सिमा नजिक रहेको चिरौटे सामुदायिक वनबाट भदौ १४ गते मंगलबार राती आएको जंगली हात्तीले २० जना किसानको धान र मकै खाएर तथा कुल्चीएर नोक्सान गरेको हो ।

पछिल्लो ३ वर्षमा आएको जंगली हात्तीको बथानले बाली नोक्सान गरेको खाता सब डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले बताउनु भयो । खाता जैविक मार्ग क्षेत्रको सो क्षेत्रमा अन्य जंगली जनावरले नोक्सान गरेपनी हात्तीले कमै मात्रामा नोक्सान गर्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.