onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाका ४३ घर डुबानमा, रबर बोटबाट १२ जनाको सकुशल उद्दार (फोटो फिचर)

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आइतबार राती देखि परेको अबिरल वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरि ४३ घर डुबानमा परेका छन् । ठाकुरबाबा नगरपालिका–७, को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरि १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्ज सहितको टोलीले रबरबोटको सहायताबाट सकुशल उद्दार गरेको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबनामा परेको छन् । रातभर परेको अविरल वर्षाका कारण बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढि गाउँमा पस्दा डुबानमा परेकाले तत्काल निकुञ्जसंग समन्वय गरेर तटबन्ध गर्ने नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो । वडा नम्बर ७ मा बाढीका कारण घरभित्र फंसेका १० जनालाई उद्दार गरि शिवसुन्दर माध्यमिक विद्यालयमा राखिएको र खाजा खानाको व्यवस्था मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो । अन्य डुबान प्रभावित घरपरिवारलाई पनि खाजा र खानाको व्यवस्था मिलाउन नगरपालिकाको टोली डुबानग्रस्त गाउँमा खटिएको उहाँले जानकारी दिनुभयो ।

बाढि आएको खबर पाए लगत्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्ट र वडा नम्बर २ का वडाध्यक्ष कमल चपाईँसहितको टोली डुबान क्षेत्र पुगेको हो । यसैगरि वडा नम्बर ४ को खैलार गाउँ नजिक आइतबार राती बबई नदी किनारमा फंसेका २ जनालाई पनि इलाका प्रहरी कार्यालय भुरिगाउँको टोलीले ट्युव र डोरीको सहायताबाट उद्धार गरिएको नगरप्रमुख लम्सालले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका आसपासका केहि घरमा बाढि पसेको छ । घरमा बाढी पसेपछि भकारी र डेहरीमा भण्डारण गरि राखेको खाद्यान्न भिजेर नष्ट भएको छ । स्थानीयको माछा पोखरीमा बाढी पस्दा माछा बगेका छन् भने २ वटा भान्सासमेत भत्किएको छ । नगरप्रमुख लम्साल, नेपाल प्रहरीसहितको टोलीले डुबान क्षेत्रको अनुगमन गरेको छ ।

बर्दिया निकुञ्ज भित्रको जंगलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २, ६, ७ र ८ का केही गाउँ हरेक वर्ष डुवानमा पर्ने गरेका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका प्रहरी हवल्दार राजेन्द्र रावलका अनुसार बबई नदीसहित स्थानिय खोलामा विहान सर्तकता तहसम्म बाढी आएको भएपनि अहिले घटदो क्रममा रहेको छ । अबिरल वर्षाका कारण स्थानिय खोला र नदीमा पानीको सतह बढेकाले बाढी पस्न सक्ने बबई नदी किनारका बासिन्दालाई उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ भने नदी किनारमा काठदाउरा छोप्न र माछा मार्न नजान पनि आग्रह गरेको छ । जिल्लाभर उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

रातभरको वर्षाले पारेको प्रभाव तस्वीरमा

 

Leave A Reply

Your email address will not be published.