online-aama-surachhya-sandesh

भन्सार छलेर निकासी गरिएको ५० हजार बढीको बेवारिसे सामाग्री फेला

Sambad ADD long

मधुवन, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर ३ कोठियाघाटबाट भन्सार छली चोरी निकासी पैठारी गरिएको बेवारिसे सामान प्रहरीले फेला पारेको छ ।

भदौ १२ गते आइतबार विहान ७ बजे तिरको समयमा इलाका प्रहरी कार्यालय ढोडरीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा कोठियाघाट स्थित नेपाल भारत सिमाना देखि अन्दाजी ४०० मिटर उत्तरतर्फ भित्री सडकखण्डमा भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी नेपाल भित्राएको अबस्थामा सामान फेला परेको हो ।

अन्दाजी २० हजार ५५० रुपैयाँ मुल्य बराबरको चिनी तथा फलफुलजन्य सामानहरु बेवारिसे अबस्थामा फेला पारी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा आबश्यक कारबाहीको लागि पठाईएको इलाका प्रहरी कार्यालय ढोडरीका प्रमुख मोहन थापालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.