online-aama-surachhya-sandesh

ठाकुरबाबामा बालबालिका संरक्षणको आवश्यकता विषयमा छलफल सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ मा पालिका स्तरिय बालअधिकार समितिको काम कर्तव्य र अधिकार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल बी ग्रुप बाँके र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा पालिका तहका सरोकारवालाहरुलाई बाल संरक्षण, बाल बिवाह तथा लौङ्गीक रुपान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जोखिमपूर्ण भेदभाव, गर्भबाटेै शारिरिक पोषण यातना र श्रमबाट सुरक्षित रहन कानुनी सुरक्षा संरक्षण र निगरानी, हानिकारक काम तथा युद्धमा संलग्नबाट संरक्षण, लागुपदार्थ तथा नसालु पदार्थबाट संरक्षण, मानव बेचबिखन ओसारपसारबाट संरक्षण लगायत बाल अधिकार सुचक फारमको आधारमा पालिका भित्रको बालबालिकाको तथ्याङ्कको सुचना संकलन तथा अध्यावधिक गर्न र आवश्यकता अनुसार वितरण गर्ने सम्बन्धमा छलफल भएको आयोजक संस्थाले जनाएको छ ।

सम्पन्न कायक्रममा विशेष हेरचाह र संरक्षणको आवश्यकता भएको बालबालिकाको पहिचान गर्न आन्तरिक संरक्षण गराउने, बालअधिकारको संरक्षण र प्रबद्र्धनका निम्ति चेतना अभिबृद्धि जागरण सृजना गर्न र गराउन, बाल अधिकारका निमित्त विकासका साझेदारी तथा जिल्ला स्तरका अन्य निकायहरु बिच समन्वय गर्न र बालअधिकारको क्षेत्रमा कार्य गर्न उत्प्रेरीत गर्न, बाल अधिकार हनन भएका घटनाहरुका सम्बन्धमा प्राप्त जानकारी र कानुनी कारबाहीमा आवश्यक सहयोग गर्ने विषयमा छलफल गरिएको छ ।

Leave A Reply

Your email address will not be published.