भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपलिका–१, भुरीगाँउमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भदौ ९ गते तीज पर्व बचत तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
राजापुर नगरपालिकामा रहेको सेवा केन्द्रमा हाम्रो मध्यवर्ती साकोसले संस्थाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता तथा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले जानकारी दिनुभभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाकी नगर उपप्रमुख मनकला चौधरी, गेरुवा गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी राजापुर नगरपालिका अन्तरगत वडा नम्बर १ देखी १० सम्मका वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवी के. सी., लोकदोहोरी प्रतिष्ठान बर्दियाका अध्यक्ष खगेन्द्र नेपाल, लोकदोहोरी गायिका पूर्णकला बि. सी., लोक गायक तथा कार्यक्रम संचालक प्रभात सुबेदी लगायतको उपस्थिती रहेको आयोजक हाम्रो मध्यवर्ती साकोसले जनाएको छ ।
तीज पर्व बचत तथा वृहत सांस्कृतिक कार्यक्रममा ५३ लाख ४५ हजार १९५ रुपैयाँ बचत संकलन भएको साकोसका प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयो । कार्यक्रममा गायिका पूर्णकला बि.सी. गायक प्रभात सुबेदी लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।