onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मानव बेचबिखन नियन्त्रण गर्न वडास्तरमा समिति गठन

Sambad ADD long

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न वडास्तरमा समिति गठन कार्यलाई तिब्र पारिएको छ । भारतसंग सिमा जोडिएको बढैयाताल गाउँपालिकाका सबै वडाहरुमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न वडास्तरीय समिति गठन कार्यलाई तिब्रता दिइएको हो ।

माईती नेपालको हाम्रो सम्मान परियोजना मार्फत् गाउँपालिकाको सबै वडाहरुको समन्वयमा सबै क्षेत्र र भुगोल समेट्ने गरी नियन्त्रण समिति गठन गरिएको संस्थाले जनाएको छ । बढैयाताल गाउँपालिकामा वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।

मानब बेचबिखन तथा ओसारपसार रोक्न र बालबालिकाको हित बिरुद्धका गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले गठन गरिएको समितिको सदस्य सचिबमा वडा सचिब रण बहादुर रावत, सदस्यहरुमा प्रहरी चौकी कालिकाका इन्चार्ज प्रहरी सहायक निरीक्षक शालिकराम न्यौपाने, शिक्षकको तर्फबाट जोधा आधारभूत बिद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर भण्डारी, बाल क्लब संजालबाट दुर्गा लुईटेल, किशोरी संजालबाट सिता थारु, महिला सदस्य जिता शर्मा, बाल संरक्षण समितिबाट कृष्णराम थारु रहनु भएको सम्मान परियोजनाकी फिल्ड संयोजक गोमा नेपालले जानकारी दिनुभयो ।

गठित समितिको बैठक प्रत्येक महिना बस्ने र समितिका प्रत्येक सदस्यले टोलटोलमा किशोरकिशोरीको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको समितिका अध्यक्ष राधेश्याम थारुले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.