onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सिमा क्षेत्रमा बर्दिया प्रहरीको कडाई, तीन हप्तामा दर्जन बढी कारबाही

Sambad ADD long

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिका स्थित नेपाल–भारत सिमा क्षेत्रमा नेपाल प्रहरीले कडाई गर्दा तीन हप्तामा झण्डै एक दर्जन ब्यक्ति कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरले नेपाल–भारत सिमा क्षेत्रमा कडाई गरे पछि बिभिन्न मिति र समयमा लागुऔषध तथा चोरी लगायतका घटनामा झण्डै एक दर्जन प्रहरीको कारवाहीमा परेका हुन् ।

बढैयाताल गाउँपालिकाको फुटाहा र कण्ठपुर नाकाबाट पछिल्लो तीन हप्तामा ६ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित बर्दियाका ६ जना र बाँके जिल्लाका ४ जना गरी १० जना तथा सुन चारीको अभियोगमा १ जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा परेका छन भने चोरीमा संलग्न भएका फरार तीन जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय मैनापोखरमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक कमल क्षेत्रीले जिम्मेवारी सम्मालेको तीन हप्तामा बढैयाताल गाउँपालिकाको विभिन्न ठाउँहरुमा लागुऔषध तथा चोरीका घटनामा संलग्न भएका भारतीय तथा नेपाली गरी ११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

बढैयाताल गाउँपालिकाको १, २, ३, ६, ७ र ८ नम्बर वडाहरु भारतीय सिमा संग जोडिएका छन् । खुल्ला सिमानाको फाईदा उठाउँदै अबैध रुपमा हुने कारोवार, लागु औषध ओसार पसार, चोरी लगायतका गैर कानुनी रुपमा हुने गतिबिधिमा नियन्त्रण गर्न स्थानिय सरकार र सरोकारवालाहरु संग समन्वय र सहकार्य गर्दै योजनाबद्ध रुपमा अगाडी बढेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनु भयो ।

प्रहरी निरीक्षक क्षेत्रीले आफु यस इलाका प्रहरी कार्यालयमा रहँदासम्म कानुन र बिधिको परिधिमा रहि नागरिकको सुरक्षा, समाजमा हुने बिकृती बिसंगती जस्ता गतिबिधि र सिमा क्षेत्रबाट हुने अबैध कारोवार नियन्त्रणमा कुनै कमि हुन नदिने र श्रोत, साधन र जनशक्तिले भ्याएसम्म नागरिकले महशुस गर्ने गरी सेवा प्रदान गर्ने बताउनु भयो ।

बिगत दिनहरुमा मैनापोखर, सितलाबजार लगायतका क्षेत्रबाट भैँसी, साइकल, सिँचाई मोटर, सुन पसल, लगायतका बिभिन्न पसल चोरी भएको घटनालाई स्मरण गर्दै प्रहरी निरीक्षक क्षेत्रीले चालेको सुरक्षा रणनीति राम्रो भएकोले सुरक्षाको महसुस भएको स्थानियले प्रतिकृया दिएका छन् ।

Leave A Reply

Your email address will not be published.