
राजापुर, बर्दिया : अपाङ्गता परिचयपत्र सम्बन्धी राजापुर नगरपालिकाका जनप्रतिनिधीहरुलाई भदौ ७ गते मंगलबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
राजापुर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको समन्वयमा अभिमुखिरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपप्रमुख मनकुमारी थारुले अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण प्रक्रिया, कार्यबिधि र नितिगत ब्यवस्थाको बारेमा वडाध्यक्ष, परिचयपत्र वितरण समन्वय समितिका सदस्यलाई जानकारी गराउन र परिचयपत्र वितरणमा सहजता ल्याउने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा अपाङ्गता के हो ? अपाङ्गतालाई हाम्रो समाजले कसरी बुभेको छ । अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी बनेका नितिगत ब्यवस्था, अपाङ्गता भएका ब्यक्तिहरुको लागि बनेको ऐन २०७४ अनुसार अपाङ्गताका प्रकार, गाम्भिर्यताका आधारमा गरिएको बर्गिकरण, वडा र पालिकाको भुमिका लगायतका बारेमा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधीहरुलाई जानकारी गराईएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रको समुदायमा सशक्तिकरण तथा विकासका लागि स्थानिय पहल परियोजनाको सहयोगमा भएको अभिमुखिकरणमा राजापुर नगरपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिब, शिक्षक लगायतको सहभागिता रहको थियो ।
अभिमुखिकरण कार्यक्रममा बर्दिया अपाङ्ग पुनःर्स्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले अपाङ्गताको सवालमा स्थानिय सरकारको ध्यानाकर्षण गराउनु भयो ।