विज्ञापन
याे विज्ञापन ५ सेकेण्ड सम्म देखा पर्नेछ। त्याे भन्दा अघि नै हटाउन चाहनुहुन्छ भने माथीकाे हटाउनुहाेस् बटनमा थिच्न सक्नु हुनेछ।

हतियार सहित बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने एक जना पक्राउ

भुरीगाउँ, बर्दिया : हतियार सहित निकुञ्ज प्रवेश गर्ने एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका वडा नम्बर ६ जयनगर स्थित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनाधिकृत रुपमा हतियार लिएर प्रवेश गरेको तथा अबैधरुपले वन्यजन्तुको चोरीशिकार गरेको आरोपमा साउन २९ गते पक्राउ गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

साउन २९ गते बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ तैनाथ देबिदत्त गणका नेपाली सेनाको संयुक्त्त टोलीले अनुगमनका लागि राखिएका स्वचालित क्यामेराहरुको सहयोगमा निजलाई पक्राउ गरेको जनाईएको छ । पक्राउ परेकाको साथबाट दुइ नाले १२ बोर बन्दुक १ थान, Gun cleaning Rod with Brushes & Loop 12 Bore १ थान, नाल सफा गर्ने पुरानो ब्रुष १ थान, 303 (थ्री नट थ्री) ४ थान, 8 MMKF राउण्ड १६ थान, OFV A7 60 राउण्ड १२ थान, OFV 2010 5.56 2 राउण्ड २ थान, MK3 Explosive १ थान, PEK करिब १०० ग्राम, १२ बोर कार्तुस ८ (आठ ) थान भरेको र ५ (पाँच ) थान खाली गरी जम्मा १३ थान, पटका २१ रोल मरामद गरिएकाे छ ।

यस्तै पक्राउ परेकाकाे साथबाट पाेकाे (POCO), लाभा (LAVA) र रियलमी (REALME) ब्राण्डकाे एकएक थान गरी जम्मा मोबाईल ३ थान, सुकुटी मासु करिब ४०० ग्राम, छर्रा २१ थान, सुकुटी सुकाउने जाली २ थान. छाला सहितको मासु करिब ७०० ग्राम र भे. ४ प ६५२९ नम्बरको मोटरसाइकल १ थान बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मकुन्द संजेलले जानकारी दिनुभयो । पक्राउ परेकाको विरुद्धमा थप अनुसन्धान भई रहेकाले परिचय गोप्य राखिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

Loading...

Thakurbaba Municipality