onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कानमा लगाएको सुन चोरेर भागेका भारतिय नागरिक पक्राउ

Sambad ADD long

मैनापोखर, बर्दिया : गहना चोरीको आरोपमा एक भारतिय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । कानमा लगाएको गहना कानबाटै तानेर लगेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा भारतको जिल्ला बहराइच तहसिल नानपारा थाना मोतिपुर ग्राम चौधरीगाँव बस्ने रज्जन दर्जीलाई साउन २९ गते पक्राउ गरेको हो ।

पक्राउ परेका रज्जन दर्जी बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुरमा ८३ वर्षिय बृद्द महिलाले कानमा लगाएको पौने एक तोला बराबरको २ थान सुनको बाली कानबाटै थुतेर भागेका थिए । दर्जीलाई सुनको बाली सहित नियन्त्रणमा लिई चोरी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरिक्षक जीवराज थापा क्षेत्रीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.