onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा दिउँसै बाघ देखिन थालेपछि स्थानिय त्रसित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–६, मोतिपुर, तुल्सिपुर, वकुवा, वनखेत लगायतका गाउँमा दिउँसै पाटेबाघ देखिन थाले पछि स्थानियहरु त्रसित भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती क्षेत्रहरुमा दिनदिनै बाघ देखिन थालेको छ । दिउसो नै बाघ देखिन थालेकाले मानव वन्यजन्तु द्वन्द्वको जोखिम पनि बढेको छ । बस्ती छेउछाउ दैनिक रुपमा बाघ देखिन थाले पछि बाघलाई नियन्त्रणमा लिन स्थानियले माग गरेका छन् । यस अघि गाउँ नजिकैको मध्यवर्ती क्षेत्रहरुमा दिउँसै पाटेबाघ आउने गरेको खासै देखिएको/सुनिएको थिएन । तर, केही महिनायता अम्रेनी हुँदै ठाकुरद्वाारा जाने क्षेत्रका सडकमा रातीमा मात्र नभई दिउँसै पाटेबाघले देखिन थालेको स्थानियले बताएका छन् । राष्ट्रिय वन तथा निकुञ्ज र मध्यवर्ती क्षेत्रको सामुदायिक वन आसपासमा पाटेबाघको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ ।

राष्ट्रिय प्रकुति संरक्षण कोषका उमेश पौडेलका अनुसरा बाघ देखिएका मध्यवर्ती क्षेत्र नजिकैका गाउँहरुमा प्राविधिक टोलिहरु खटिएर बाघको पहिचान गर्ने काम भई रहेको छ । बर्दियामा बाघको आक्रमण बढ्नु र बाघको संख्या पनि बढेकाले संरक्षणमा चुनौति थपिएले बाघ देखिएका गाउँका स्थानियहरुलाई सचेत रहन पौडेलले आग्रह गर्नुभयो । एक्लै जंगलमा नजान तथा रातिको समयमा घर बाहिर ननिस्कन र लामो समयसम्म एकैठाउँमा बाघ बसेपछि बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.