लागुऔषध सहित बढैयाताल र मधुवनबाट ५ जना पक्राउ

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका र मधुवन नगरपालिकाबाट लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–२, फुटाहा स्थित दशगजा नजिकबाट दुई जना र मधुवन नगरपालिका–७, तारातालबाट तीन जना पक्राउ परेका हुन् ।

शंकास्पद तरिकाले भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले साउन २६ गते फुटाहाबाट दुई जना र खाली चौरबाट शंकास्पद अवस्थामा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले साउन २८ गते तारातालबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो पनि पढ्नुहोस् : ब्राउन सुगर सहित फुटाहाको दशगजा नजिकबाट दुई जना पक्राउ

यो पनि पढ्नुहोस् : ब्राउन सुगर सहित बढैयातालको दशगजा क्षेत्रबाट ३ जना पक्राउ

फुटाहाबाट पक्राउ पर्नेहरुमा बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर २ बस्ने नबिन थापा र सोहि ठाउँका सन्देश खत्री रहेका छन् भने उनीहरुको साथबाट १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ भने तारातालबाट पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने पवन महत, सोहि ठाउँका सुदिप थिङ्ग र पासाङ तामाङ्ग रहेका छन् उनीहरुको साथबाट २५० मिलिग्राम लागु औषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका ५ जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.