online-aama-surachhya-sandesh

ब्राउन सुगर सहित मधुवनबाट तीन जना पक्राउ

Sambad ADD long

ढोढरी, बर्दिया : मधुवन नगरपालिका–७, तारातालबाट लागुऔषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । तारातालको खाली चौरबाट शंकास्पद अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले साउन २८ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने पवन महत, सोहि ठाउँका सुदिप थिङ्ग र पासाङ तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट २५० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तीन जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.